आमा समुहद्धारा क्यान्सर पीडितलाई सहयोग
पाेखरा | भदौ ६, २०८२
पोखरा: आमा समुहले आर्थिक उपार्जन गर्ने मात्र नभई आप्mना सदस्यलाई दुःख पर्दा सहयोग गर्दछन् भन्ने यहाँको एउटा आमा समुह उदाहरणीय बनेको छ ।
पोखरा १७ घारीपाटनस्थित शुभकामना आमा समुहले क्यान्सर पिडीत आप्mना सदस्यलाई आर्थिक सहयोग गरेर सवैका लागि अनुकरणीय बनेको हो ।
समूहको २३ औं वार्षिक साधारण सभा, सम्मान तथा नेपाली नारीको महान पर्व हरितालिका तिजको अवसरमा आयोजित तिज विशेष कार्यक्रम उद्घाटन कार्यक्रममा यस बर्ष समुहका चार जना क्यान्सर पिडीतलाई २५ हजारका दरले एक लाख रुपैया आर्थिक सहयोग गरेको जानकारी दिइयो ।
गण्डकी प्रदेशका पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य पञ्चराम गुरुङले कार्यक्रमको उद्घाटन गर्दै आमा समुहले समाजका विकृति र विसंगतिको अन्त्य गर्दै सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
महिलाहरुले तिज पर्वको माध्येमवाट सस्कृतिको संरक्षणमा पु¥याएको योगदानको उच्च कदर गर्दै उहाँले पर्व मनाउँदै गर्दा तडक भडक नभई मौलिकतालाई भुल्न नहुने बताउनुभयो । मौलिक संस्कृति मुलुकलाई चिनाउने पहिचान भएको बताउँदै उहाँले यसको संवद्र्धन र प्रवद्र्धनको माध्येमबाट पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
समुहका सल्लाहकार एवंम सञ्चारकर्मी हरि बास्तोलाले समुहले संकलन गरेको आर्थिकलाई भरपुर उपयोग गर्दै समाज र समुहका सदस्यको नेतृत्व विकासमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । टोलमा कृयाशिल विभिन्न आमा समुह, टोल विकास संस्था, टोल सुधार समिति लगायतले सामुदायिक भवन निर्माण जोड दिनु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा समुहका जेष्ठ सदस्य, दश जोड दुई परिक्षा उत्तिर्ण छात्रछात्र र समुहलाई आर्थिक सहयोग गर्नुहुने महानुभावहरुलाई दोसल्ला, खाँदा र सम्मान पत्रले सम्मान गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि, अग्रह आमा लिलावती वास्तोला, पूर्व अध्यक्षव्दय हिरा अधिकारी र सुकुना गुरुङ लगायतले सम्मान गर्नुभएको थियो ।
साधारण सभाले समूहका सचिव सिर्जना खनाल र कोषाध्यक्ष निरमाया क्षेत्रीले प्रस्तुत गर्नुभएको सांगठनिक र आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
समुहका अध्यक्ष पार्वती खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार टिकाराम पौडेल, घारीपाटन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र क्षेत्री, निवर्तमान अध्यक्ष कोकिला उदास, उपाध्यक्ष मिना द्धारे लगायतले आमा समुहले खेल्दै आएको भूमिका माथि प्रकाश पार्नुभएको थियो ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

